प्रचण्डको भिडियो सन्देश– आशा गरे अनुसार तीव्र गतिमा सामाजिक न्याय कायम हुन सकेन-Sutra News

प्रचण्डको भिडियो सन्देश– आशा गरे अनुसार तीव्र गतिमा सामाजिक न्याय कायम हुन सकेन

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैंमा ऐतिहासिक राजनीतिक महत्वको काम भएको बताएका छन्।



पाँचौ संविधान दिवसका अवसरमा शनिबार भिडियो सन्देश जारी गर्दै प्रचण्डले यो पाँच वर्षले गरेको संकेत संविधान कार्यान्वयनका दृष्टिले निकै महत्वपूर्ण रहेको बताएका छन्।

‘संविधानसभामाबाट संविधान निर्माण प्रक्रिया आफैंमा ऐतिहासिक राजनीतिक महत्वको प्रश्न हो,’ प्रचण्डले भिडियो सन्देशमा भनेका छन्, ‘यो पाँच वर्षको हाम्रो अनुभव, पाँच वर्ष इतिहासको मूल्यांकनको दृष्टिकोणले त्यति लामो होइन। तर, फेरि पनि यसले के संकेत गर्छ भन्ने कुरा महत्वपूर्ण पक्कै पनि हो।’

प्रचण्डले जनताले मतदान गर्दाताका अपेक्षा गरेजस्तो यी पाँच आर्थिक विकास र सामाजिक न्याय कायम गर्ने विषयमा तीव्र गतिमा प्रगति नभएको बताएका छन्।

‘हामीलाई अपार विश्वास गरेर जसरी जनताले मतदान गरेका थिए, निकै तीव्र गतिमा आर्थिक विकास हुने छ, निकै तीव्र गतिमा सामाजिक न्याय कायम हुनेछ र समृद्धिको यात्रमा नेपाल तीव्र रूपमा अगाडि बढ्ने छ,’ उनको भनाइ छ, ‘ती अपेक्षा अझैं पनि पूरा भएको छैन भने जनगुनासो हामीले सुनेका छौं।’

भिडियो हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट