थप १२०४ जनामा कोरोना संक्रमण, मृत्यु हुने संक्रमितको संख्या ४ सय नाघ्यो-Sutra News

थप १२०४ जनामा कोरोना संक्रमण, मृत्यु हुने संक्रमितको संख्या ४ सय नाघ्यो

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार देशभरि दस हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा यी संक्रमित थपिएका हुन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार थप १४४७ जना कोरोनामुक्त भए। हालसम्म ४५ हजार २६७ जना कोरोनामुक्त भएका छन्।

शनिबार थप ११ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ सय १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट