भक्तपुर अस्पताल विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि-Sutra News

भक्तपुर अस्पताल विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं- भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत हुन्।



मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसीआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

यसपछि उनी भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन्। जिल्लामा आजसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइ सकेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट