नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै-Sutra News

नेकपा सचिवालय बैठक पेरिसडाँडामा बस्दै

आइतबार, ४ असोज २०७७

आइतबार, ४ असोज २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। असोज दुई गते स्थगित भएको बैठकलाई आइतबारका लागि सारिएको थियो।



बैठक बिहान ११ बजे पेरिसडाँडास्थित कार्यालयमा बस्ने भएको छ। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै र तत्कालीन एमाले पार्टी मुख्यालय धुम्बाराहीमा डाक्ने गरिएको थियो।

पछिल्लो स्थायी कमिटी बैठकले प्रचण्डलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिने निर्णय गरे लगत्तै तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा नेकपा बैठक बोलाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको समेत छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्। 

बैठकमा केही महत्वपूर्ण विषयमा छलफलका हुने सचिवालय स्रोतले जनाएको छ। ‘२६ भदौमा बालुवाटारमा बसेको स्थायी समितिका निर्णय कार्यान्वयन तथा पार्टी र सरकारका विषयमा छलफल हुन्छ। मन्त्रिमण्डल पुनर्गठनबारे पनि थप छलफल हुन्छ,’ बैठकमा सहभागी हुने एक सचिवालय सदस्यले बताए। 

संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषयमा र सांगठनिक एकताका विषयमा पनि छलफल हुने ती सदस्यले बताए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट