काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्यहरु सहभागी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण शुक्रबार स्थगित भएको बैठक आज बसेको हो।
बैठक पेरिसडाँडास्थित कार्यालयमा सुचारु भइरहेको छ।