नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनसहित चार एजेन्डामा छलफल-Sutra News

नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनसहित चार एजेन्डामा छलफल

आइतबार, ४ असोज २०७७

आइतबार, ४ असोज २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनःगठनबारे छलफल भएको छ। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले मन्त्रिपरिषद् पुनःगठनलगायत चार एजेण्डा तय गरेर छलफल सुरू गरेको छ।



बैठकमा स्थायी कमिटी बैठकले दिएको सुझावअनुसार मन्त्रिपरिषद् पुनःगठनको छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार बैठकमा विभिन्न मापदण्डबारे छलफल भएको होर

‘मन्त्रिपरिषद्को पुनःगठन गर्ने स्थायी कमिटीको निर्णयअनुसार गर्ने तय भएको छ। सो सन्दर्भमा सचिवालयले नीतिगतरूपमा सुझाव दिएको छ। त्यसबारेमा व्यक्तिको नाममा प्रवेश गरेका छैनौं। आवश्यक परे त्यसबारे पनि छलफल गर्छौं,’ बैठकपछि उनले भने। 

अर्को बैठक भोलि (सोमबार) दिउँसो १ बजे बस्ने प्रवक्ता श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट