‘स्टेरिङ फेल भएर ट्यांकर त्रिशुलीमा खस्यो’-Sutra News

‘स्टेरिङ फेल भएर ट्यांकर त्रिशुलीमा खस्यो’

आइतबार, ४ असोज २०७७

आइतबार, ४ असोज २०७७

काठमाडौं- काठमाडौं आउँदै गरेको ट्याङ्कर स्टेरिङ फेल त्रिशुली नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पेट्रोल बोकेर काठमाडौं आउँदै गरेको ना४ख २८२२ नम्बरको ट्याङ्कर आइतबार विहान नदीमा खसेको थियो।



जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उक्त ट्याङ्कर धादिङको गल्छी गाउँपालिका–६ चरौंदीबाट त्रिशुली नदीमा खसेको थियो।

ट्याङ्करको स्टेरिङ फेल भएकाले खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीका कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले बताए। उनका अनुसार थप छानबिन भइरहेको छ। उनले भने, ‘चालक र सहचालक सबै हामीसँग सम्पर्कमा छन्। अहिले सोधपुछमा उनीहरुबाट स्टेरिङ फेल भएर खसेको कुरा आएको छ।’

ट्याङ्करका चालक मकवानपुर हेटौंडाका ३६ वर्षीय सुदीप बोहरा छन् भने सहचालक पनि सोही ठाउँका मनिष नगरकोटी छन्। ट्ङयाकर नदीमा खस्दा चालक र सहचालकलाई भने कुनै पनि चोटपटक लागेको थिएन। उनीहरुसँग थप सोधपुछ भइरहेको रेग्मीले बताए।

विहान नदीमा खसेको ट्याङ्करमा आगलागी भएको थियो। दमकलको सहयताले आगो निभाएपछि ट्याङकर भने नदीबाट निकाल्ने क्रममा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट