काठमाडौं– मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले तीन दिन देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ। अहिले देशभरका केही स्थानमा सामान्य वर्षा भइरहेको महाशाखाको भनाइ छ।
सोमबार दिउँसो र राति देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।