

नयाँदिल्ली– भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ। योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५५ लाख पुगेको छ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३३ जनाको मृत्यु भएको जनाएको छ। भारतमा कुल संक्रमित मध्ये अहिले पनि दश लाख १० हजार ८२४ जना संक्रमित अवस्थामै रहेका छन्। भारतमा संक्रमित मध्ये ४३ लाख ३ हजार ४४ जना भने संक्रमणमुक्त भइसकेका छन्।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५४ लाख ६२० जना संक्रमित भएका हुन्। प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन्। महाराष्ट्रमा अहिले पनि तीन लाख एक हजार २७३ जना संक्रमि अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना सक्रिय संक्रमित छन्।
त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना संक्रमित अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन्।
भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ। एएनआई