

वासिङ्टन– विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १० लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। कोरोना भाइरस संक्रमितको संख्या तीन करोड ९ लाख ९२ हजार ९८० पुगेको जनाइएको छ।
चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६१ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ। यद्यपि विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड २५ लाख ८७ हजार ९०५ व्यक्ति कोरोना मुक्त भएका छन्।
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमित र मृत्यु अमेरिकामा भएको छ। हालसम्म अमेरिकामा ६९, ६७,४०३ भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ३ हजार ८२४ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ।
दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित देश ब्राजिल हो। रासस/एएफपी