६ महिनापछि खुल्यो आन्तरिक उडान-Sutra News

६ महिनापछि खुल्यो आन्तरिक उडान

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं– कोरोना भाइरसको संक्रमणका कारण झण्डै ६ महिना बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरु भएको छ। सरकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएसँगै आजबाट आन्तरिक हवाई सेवा सुरु भएको हो।



आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन। सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ। १ अक्टोबरपछि भने उडान तालिका मागका आधारमा थपघट हुने बताइएको छ।

पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट