भोलि बालुवाटारमै बस्ने गरी नेकपा सचिवालयको आजको बैठक स्थगित-Sutra News

भोलि बालुवाटारमै बस्ने गरी नेकपा सचिवालयको आजको बैठक स्थगित

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं– पेरिसडाँडास्थित कार्यालयमा आइतबार (४ असोज) देखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको आजको बैठक स्थगित भएको छ।



आज १ बजेदेखि हुने भनिएको बैठक भोलि साढे १२ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारीसहितको ट्वीट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका छन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले सल्लाह गरी आजको बैठक भोलिका लागि सारिएको जानकारी प्रवक्ता श्रेष्ठलाई दिएका थिए। बैठकको थप तयारीका लागि अध्यक्षद्वयले बैठक भोलिका लागि सारेको हुनसक्ने प्रवक्ता श्रेष्ठले सूत्रन्यूजसँगको कुराकानीमा बताए।

हिजोदेखि सुरु भएको बैठकमा मन्त्री मण्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम, सम्बैधानिक अंगमा नियुक्ति लगायतका विषयमा छलफल भएको थियो। करिव ४ घण्टासम्म चलेको बैठकको अधिकांश समय मन्त्री मण्डल पुनर्गठन सम्बन्धी मापदण्ड निर्माणमा व्यतित भएको थियो।

‘भोलिको बैठक चाहिँ सांगठनिक एकताका बाँकी काम, संवैधानिक अंगहरुमा नियुक्ति लगायतका विषयमा केन्द्रित हुनेछ’ प्रवक्ता श्रेष्ठले भने, ‘यसको तयारीमा लाग्नु पर्ने भएकाले पनि अध्यक्षद्वयले आजको बैठक भोलिका लागि सार्नुभएको होला।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट