रहेनन् ‘हिमचितुवा’ आङरिता-Sutra News

रहेनन् ‘हिमचितुवा’ आङरिता

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं– कतिपय रेकर्ड तोड्ने आरोहण गरेका कारण ‘हिमचितुवा’ को उपाधि पाएका प्रसिद्ध आरोही आङरिता शेर्पाको सोमबार विहान निधन भएको छ। जोरपाटीस्थित आफ्नै निवासमा आरोही शेर्पाको निधन भएको हो।



खासगरी विना अक्सिजन सगरमाथा आरोहण गरेका कारण उनले प्रसिद्धि पाएका थिए। सन् १९८३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका उनले १९८४, १९८५, १९८७, १९८८ मा सफलतापूर्वक विना अक्सिजन सगरमाथा आरोहण गरे।

सन् १९९० को दशकमा पनि विना अक्सिजन सगरमाथाको सफल आरोहण क्रमलाई उनले निरन्तरता दिए। त्यसक्रममा सन् १९९०, १९९२, १९९३, १९९५, १९९६ मा पनि उनले अक्सिजन विना नै सगरमाथाको आरोहण गरेका थिए।

उनले नेपाल तर्फ अर्थात् ‘साउथ पोल’ बाट मात्र होइन, ‘नर्थ पोल’ बाट पनि सगरमाथा आरोहण गरेका छन्। तर, उनका अधिकांस आरोहणहरु ‘साउथ पोल’ बाटै भएका छन्। सन् १९९५ को आरोहण चाहिँ ‘नर्थ पोल’ बाट भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट