अफगानिस्तानमा आक्रमण : १० प्रहरीसहित २५ को मृत्यु-Sutra News

अफगानिस्तानमा आक्रमण : १० प्रहरीसहित २५ को मृत्यु

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

एजेन्सी– अफगानिस्तानको उरुज्गान प्रान्तमा आइतबार भएका विभिन्न आक्रमणका क्रममा कम्तीमा पनि १० जना प्रहरी र १५ तालिबानको मृत्यु भएको छ। आइतबार भएका ती आक्रमणहरुमा उरुज्गान प्रान्तका विभिन्न जिल्लामा तालिबानी लडाकूले सुरक्षाकर्मीमाथि हमला गरेका थिए।



तालिबानी सशस्त्र लडाकूले गरेका ती हमलाहरुमा परी २५ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन्। उरुज्गान प्रान्तको गिजाब जिल्लामा तालिबानीहरुले सो हमला गरेका बताइएको छ। आइतबार तालिबानहरुले उत्तरी अफगानिस्तानका सुहादा र खास जिल्लाका पनि कैयौँ स्थानमा हमला गरेका थिए।

ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकू मारिएका बताइएको थियो। आइतबारै बिहानीपख भएको सो हमलामा परी चार जना प्रहरी पनि मारिएका थिए। आइतबारै तालिबानहरुले यो अर्को हमला गरेका छन्। उनीहरुले सुनियोजितरुपमा एकै पटक ती सहरमा हमला गरेका अधिकारीले जनाएका छन्।

उनीहरुले सुरक्षा जाँच चौकीमा ठूलो संख्याका लडाकूसहित आक्रमण गरेका थिए। हालैमात्र अफगान सरकार र त्यहाँका तालिबानबीच कतारको राजधानी दोहामा शान्ति वार्ता सुरु भएको छ। वार्ता जारी नै रहेका बेला यता तालिबानले भने आक्रमण सुरु गरेका छन् तर पनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन। एएनआई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट