संविधान दिवसमा अमेरिकी राष्ट्रपतिको बधाइ सन्देश-Sutra News

संविधान दिवसमा अमेरिकी राष्ट्रपतिको बधाइ सन्देश

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाइ तथा शुभकामना सन्देश पठाएका छन्।



विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखकको सन्देश आउने क्रममा आइतबार ट्रम्पले सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ट्रम्पले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश पठाउँदै नेपाली जनता र राष्ट्रपति भण्डारीलाई शुभकामनासमेत दिएका हुन्।

यसअघि विभिन्न २७ देशका राष्ट्र र सरकार प्रमुख र संयुक्त राष्ट्रसंघका महासचिवले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश पठाएका थिए। तर, नेपालको राम्रो द्विपक्षीय सम्बन्ध भएका बेलायत, जापान लगायतका देशबाट भने अझै पनि शुभकामना आएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट