ओली र प्रचण्डबीच बालुवाटारमा छलफल-Sutra News

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

सोमबार, ५ असोज २०७७

सोमबार, ५ असोज २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार छलफल भएको हो।



आजे दिउँसो १ बजेलाई तय भएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित गर्दै ओली र प्रचण्ड छलफलमा जुटेका हुन्। बालुवाटारमा दिउँसो एक बजे सुरु भएको छलफल करिब एक घण्टा चलेको थियो।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीच भोलि हुने सचिवालय बैठकबारे छलफल भएको बताए।

आजको सचिवालय बैठक ओली र प्रचण्डले सल्लाह गरी स्थन गरेका थिए। बैठकको थप तयारीका लागि अध्यक्षद्वयले बैठक भोलिका लागि सारेको हुनसक्ने प्रवक्ता नाराणकाजी श्रेष्ठले सूत्रन्युजसँगको कुराकानीमा बताए।

हिजोदेखि सुरु भएको बैठकमा मन्त्री मण्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम, सम्बैधानिक अंगमा नियुक्ति लगायतका विषयमा छलफल भएको थियो। करिब ४ घण्टासम्म चलेको बैठकको अधिकांश समय मन्त्रिमण्डल पुनर्गठन सम्बन्धी मापदण्ड निर्माणमा व्यतित भएको थियो।

भोलिको बैठकचाहिँ सांगठनिक एकताका बाँकी काम, संवैधानिक अंगहरुमा नियुक्ति लगायतका विषयमा केन्द्रित हुनेछ श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट