आज केही स्थानमा मेघगर्जनसहित वर्षा हुने-Sutra News

आज केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं– आज देशभरको मौसम सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।



जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उत्तरपूर्व बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्दैछ।

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहेको छ। अहिले बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भईरहेको छ।

दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट