‘कोभिड १९’ बाट विश्वमा ३ करोड १२ लाख संक्रमित-Sutra News

‘कोभिड १९’ बाट विश्वमा ३ करोड १२ लाख संक्रमित

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

वासिङ्टन– विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १२ लाख ४३ हजार ३३९ पुगेको छ। संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले सो संख्यामा कोरोना भाइरस संक्रमण बढेको जनाएको हो। 



चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको। यद्यपि विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड २८ लाख ३५ हजार ६३२ व्यक्ति कोरोना मुक्त भएका छन्।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ। हालसम्म अमेरिकामा ७,००४, ७६८ भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ। दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल ह।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ। भारतमा कोरोना भाइरस संक्रमित संख्या५४ लाख ८७ हजार ५८० पुगेको छ।

ब्राजिलमा १,३६,८९५ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८७,९०९ जनाको मृत्यु भएको छ। रुस ११,०३,३३९ संक्रमणसहित चौंथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,६८,८९५ व्यक्ति संक्रमित छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट