भारतमा एकैदिन ९० हजार जना कोरोना संक्रमणमुक्त-Sutra News

भारतमा एकैदिन ९० हजार जना कोरोना संक्रमणमुक्त

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

नयाँ दिल्ली– भारतमा एकैदिनमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा भारतमा एकैदिन ९० हजार जना कोरोना संक्रमणमुक्त भएका छन्।



केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाहरूको संख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मंगलबार जानकारी दिएको छ।

मन्त्रालयले कुल संक्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु संक्रमणमुक्त भएको पनि जनाएको छ।

मन्त्रालयको सामाजिक सञ्जालको आधिकारीक पेजमा लेखिएको छ, ‘भारतमा संक्रमणमुक्त भएकाहरुको दैनिक संख्या उच्च हुँदै गएको छ, यो संख्या र अनुपात विश्वमै सवैभन्दा धेरै हो।’

भारतमा सोमबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ ।

कुल सङ्क्रमितमध्ये दश लाख तीन हजार २९९ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् भने अरु ४३ लाख ९६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट