काठमाडौं- ब्रविम शेर्माको स्वरमा रहेको गीत ‘ज्यानै हाजिर भो’ सार्वजनिक भएको छ। लिम्बु संस्कृतिलाई आधार बनाएर तयार पारिएको गीतमा संगीत तथा शब्द राजन मुकारुङको रहेको छ। किरण चाम्लिङको निर्देशन रहेको भिडियोमा गायक शेर्मा तथा इक्शा मादेनले मोडलिङ गरेका छन्।
उपन्यास र कविता लेखमा सक्रिय रहेका मुकारुङ पछिल्लो समय गीत लेखन तथा संगीत सिर्जनामा समेत सक्रिय छन्। ‘नेपाली गीत संगितमा नयाँ प्रयोग गर्ने प्रयास स्वरुप रैथाने शब्दहरु राखेर गीत सिर्जना गरिएको हो,’ मुकारुङले भने।
करिब डेढ दशकदेखि संगीतमा सक्रिय गायक शेर्मा विशेष गरेर लिम्बु भाषाको गीतका कारण दर्शक स्रोतामाझ परिचित छन्। लिम्बु भाषामा एक सयभन्दा धेरै गीत गाइसकेका शेर्माले नेपाली भाषामा समेत तीन दर्जन जति गीतमा स्वर दिइसकेका छन्।