दशैंका लागि खाद्य संस्थानले तीन हजार खसी, बोका र च्याङग्रा ल्याउने-Sutra News

दशैंका लागि खाद्य संस्थानले तीन हजार खसी, बोका र च्याङग्रा ल्याउने

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं-  नेपाल खाद्य संस्थानले दशैंका लागि खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको छ। कोरोना महाकारीका बावजुद उपत्यका बाहिरबाट खसी, बोका र च्याङ्ग्रा ल्याउने तयारी भइरहेको संस्थाले जानकारी दिएको छ।



त्यसका लागि सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी खसी, बोका र च्याङ्ग्रा किन्ने तयारीमा जुटेको छ।

महिनौंदेखिको लकडाउन र निषेधाज्ञाले आर्थिक, सामाजिक गतिविधि ठप्पप्रायः रहँदै आएकाले उपत्यकाबासीले यसपटकको दसैंमा विशेषगरी च्याङ्ग्रा नपाइने हो कि भन्ने आशंका गरेका थिए।

खाद्य कम्पनीले असहजताका बावजुद खसी, च्याङ्ग्रा ल्याउने निर्णय गरेपछि यसवर्ष उपत्यकाबासीले सहजरुपमा खसी, च्याङ्ग्रा पाउने भएका हुन्। संस्थानले दसैंका लागि तीन हजार खसी, बोका र च्याङग्रा ल्याउने तयारी गरेको जनाएको छ।

कम्पनीले यो वर्षको ६ करोड रूपैयाँ बराबरका १६ सय खसी, बोका र १४ सय च्याङ्ग्रा ल्याउन लागेको हो। यसमध्ये खसी, बोका खरिदका लागि ३ करोड ३८ लाख ६४ हजार र च्याङ्ग्रा किन्न २ करोड ६१ लाख रुपैयाँ विनियोजन गरिएको कम्पनीकी सूचना अधिकृत शर्मिला सुवेदीले बताइन्।

उनी भन्छिन्, ‘खाद्य संस्थालले अघिल्लो वर्षको दसैंमा संस्थानले तीन हजार २० वटाको संख्यामा करिब ५ करोड रुपैयाँ बराबरको खसीबोका र च्याङग्रा ल्याएको थियो। यो वर्ष पनि गतवर्षको तुनलामा संख्या त घटेको छैन। तर बजारमा माग कस्तो हुन्छ भन्नेचाहिँ अहिले भन्न सकिन्न्।’

गत वर्षभन्दा यो वर्ष दसैं केही ढिला छ। जसले गर्दा कहाँबाट कति ल्याउने भन्ने कुराको निर्णय भइनसको उनले बताइन। एक दुई दिनमा यसबारे निर्णय हुने सुवेदीले बताइन्। खाद्य संस्थानले दसैंका लागि खसी, बोका र च्याङग्रा बर्षेनि भित्र्याउने गरेको छ।

कोरोना संक्रमित बढेपनि चाड पर्व सबैले मनाउने गर्छन्। यो साल गत वर्षजस्तो उत्साहजनक नभए पनि बजारमा मासुजन्य पदार्थको ब्यापार नघट्ने संस्थानको अनुमान छ।

सबै परिवार घरमै हुने, कतिपय उपत्यकामा रहेकाहरु पनि यतै बस्ने सम्भावना रहेकाले बजारमा खसी, बोका र च्याङग्राको माग नघट्ने संस्थानको अनुमान छ।

सुवेदीका अनुसार दशैं आउनु केहीअघि मात्र खसी, बोका र च्याङ्ग्राहरु काठमाडौं ल्याइनेछ। ‘दसैंअघि नै किनेर राख्न उपभोक्तालाई पनि समस्या हुने हुँदा केही दिन बाँकी भएपछि मात्र यसको विक्री वितरण सुरु गर्छौं,’ उनले भनिन्।

कम्पनीले सोझै किसानहरुबाटै खसी, बोका खरिद गर्ने गरेको छ। यसका लागि जिल्ला खाद्य तथा व्यवस्था समितिले मूल्य तय गर्छ। उक्त मूल्यमा खरिद गरिएका चौपाया काठमाडौंसम्म ढुवानी गर्न टेन्डर निकालेर ठेक्का दिइने गरेको उनले बताइन्। 

यसअघिको वर्ष खाद्य कम्पनीले लाहान, नेपालगञ्ज र मकवानपुरबाट खसी, बोका र मुस्ताङबाट च्याङग्रा ल्याउने गरेको थियो। तर, यस वर्ष कुन ठाउँबाट ल्याउने भन्ने कुराको निश्चपत भइनिकेको संस्थानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट