डा. केसीलाई शिक्षण अस्पताल सारियो, प्रहरीले भन्यो- चिकित्सकहरूको सल्लाहअनुसार ट्रमा सेन्टर पुर्‍याएका हौं-Sutra News

डा. केसीलाई शिक्षण अस्पताल सारियो, प्रहरीले भन्यो- चिकित्सकहरूको सल्लाहअनुसार ट्रमा सेन्टर पुर्‍याएका हौं

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं- डा. गोविन्द केसीलाई ट्रमा सेन्टरबाट डिस्चार्ज गराएपछि शिक्षण अस्पताल महाराजगञ्ज सारिएको छ। उनलाई आकश्मिक कक्षमा राखेर उपचार सुरु गरिएको केसीका सहयोगी डा. प्रविण गिरीले जानकारी दिए।



जुम्लामा २९ भदौदेखि अनसन बसेका डा. केसीले आफूलाई असुरक्षा भयो भनेपछि उनलाई १ बजे काठमाडौं ल्याइएको थियो। विमानस्थलबाट अनसनका लागि टिचिङतर्फ लाग्ने क्रममा प्रहरीले जबरजस्ती ट्रमा सेन्टर ल्याएको थियो।

आफूलाई प्रहरीले अपहरण गरेर ट्रमा ल्याएको भन्दै उनले उपचार लिन अस्वीकार गरेका थिए। ‘उहाँलाई घर लैजान्छौं भनेर ट्रमाबाट डिस्चार्ज गराएर भर्खरै टिचिङ ल्याएका हौं,’ डा. गिरीले भने, ‘अहिले उहाँको उपचार सुरु गरिसकेको छ।

प्रहरीको स्पष्टीकरण

डा. केसीमाथि जबर्जस्ती गरेको भिडियो सावर्जनिक भएपछि सोमबार प्रहरीको आलोचना भएको थियो। डा. केसीले आफूलाई अपहरण गरेको आरोपसमेत लगाएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंको घटनामाथि ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरीले केसीको स्वास्थ्यलाई ख्याल गर्दै चिकित्सकहरूकै सल्लाहमा ट्रमा सेन्टर पुर्‍याएको बताएको छ। ‘उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चिकित्सकहरूको सल्लाहबमोजिम राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याउन प्रहरीले सहयोग गरेको यहाँहरुमा जानकारी गराउँदछौं,’ महानगरीय प्रहरी परिसरको ट्वीटमा लेखिएको छ।

प्रहरीले अपहरण गरेर वीर अस्पताल पुर्‍याएको डा. केसीको आरोप, शिक्षण अस्पताल नपुर्‍याएसम्म उपचार नलिने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट