वर्षाले उडान प्रभावित, फ्लाइ दुबई लखनउ डाइभर्ट-Sutra News

वर्षाले उडान प्रभावित, फ्लाइ दुबई लखनउ डाइभर्ट

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

काठमाडौं- भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा असर पुगेको हो।



निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तर्राष्ट्रिय उडान आकाशमै फन्को लगाउने ‘होल्ड’ भए भने केही उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलमा अवतरण गर्नै लागेको फ्लाई दुबईले ‘ओभरसुट’ गरेको छ। यो एयरलाइन्स लखनउ डाइभर्ट भएको छ। नेपाल एयरलाइन्सको जहाज पनि होल्डमा परेको जनाइएको छ। निरन्तर वर्षा भइरहेकाले अझै पनि विमानस्थलको उडान सामान्य हुन सकेको छैन। अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट