बर्दियामा कोरोना संक्रमितको मृत्यु-Sutra News

बर्दियामा कोरोना संक्रमितको मृत्यु

मंगलबार, ६ असोज २०७७

मंगलबार, ६ असोज २०७७

बर्दिया- कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना संक्रमितकोे निधन भएको छ। बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो।



जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए। यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुने पाँच जना पुगेका छन्।

यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट