भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार पुग्यो-Sutra News

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार पुग्यो

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

एजेन्सी– भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९० हजार पुगेको छ। पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेका छन्।



हालसम्म सो संख्या ९० हजार २१ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

दैनिक संक्रमित संख्यामा वृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ। बुधबार ८० हजार ३९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४० हजार ४९६ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ४५ लाख ८१ हजार ८२० जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ६८ हजार ६५५ जनाको उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट