अस्ताए ‘सत्याग्रही’ कमाण्डर आचार्य-Sutra News

अस्ताए ‘सत्याग्रही’ कमाण्डर आचार्य

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

काठमाडौं- पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ। मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मंगलबार राति निधन भएको हो। उनको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ।



जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटामा उनले सत्याग्रही कमाण्डर बनेर नेतृत्व गरेका थिए। राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका उनको नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि योगदान रहेको छ।

वामपन्थी पृष्ठभूमिका उनी विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भएका थिए। उनकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह (पावर हाउस) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो।

कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ।
धनकुटाको छथरस्थित तेलिया पीपलेमा विसं १९९० मा जन्मिएका आचार्य प्रवेशिका र स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट