काठमाडौं- बुधबार सुनचाँदीको भाउ घटेको छ। मंगलबारको तुलनामा बुधबार छापावाला सुनको भाउ प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेर ९४ हजार तीन सय रुपैयाँ कायम भएको छ।
मंगलबार यसको भाउ ९५ हजार पाँच सय रुपैयाँ थियो। यता तेजावी सुनको भाउ पनि प्रतितोला एक हजार दुई सय रुपैयाँले नै घटेर ९३ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
मंगलबार यसको भाउ ९५ हजार रुपैयाँ थियो। यस्तै बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले घटेर एक हजार एक सय ९० रुपैयाँ कायम भएको छ।
मंगलबार यसको भाउ एक हजार दुई सय ३० रुपैयाँ थियो।