१ सय ८८ दिनपछि ताजमहल खुल्दा पहिलो पर्यटक चिनियाँ नागरिक-Sutra News

१ सय ८८ दिनपछि ताजमहल खुल्दा पहिलो पर्यटक चिनियाँ नागरिक

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

एजेन्सी- लगातार ६ महिनाभन्दा बढी समय बन्द भएको रेकर्ड बनाउँदै विश्व प्रसिद्ध ताजमहल सोमबार (५ भदौ) मा खुल्ला भयो, पूर्ण सतर्कताका साथ। निश्चय नै, कोभिड-१९ का कारण त्यहाँ जाने पर्यटकको संख्यामा कमी देखिय। तर,जो जो ताजमहल पुगे, उनीहको उत्साहमा भने कमी देखिएन।



ताजमहलमा प्रवेश गर्ने अनुमति सूर्योदयदेखि सूर्यास्तसम्मका लागि मात्र हो। तर, सोमबार बिहान करिब नौ बजे पर्यटकहरु आउन सुरु गरेका थिए। र, पर्यटकको सूचीमा पहिलो सूचिमा पहिलो नाम थियो– ल्याङ्ग चेङ्गक। उनी थिए, चिनियाँ नागरिक।
हुन त, त्यसदिन कैयौं विदेशी पर्यटक पनि ताजमहल पुगे। विदेशी बाहेक भारतका केही ठाउँबाट पनि मानिसहरु छ महिनापछि खुलेको ताजमहल हेर्न पुगेका थिए। मेरठबाट आएका केही युवाहरुका अनुसार, उनीहरु भोलिपल्ट बिहान ताजमहल घुम्न पाईयोस् भनेर अघिल्लो दिन मात्रै आगरा आईपुगेका थिए।

यस्तै एक युवक अनिल कुमारले सूर्योदयकै समयमा ताजलाई हेर्न चाहन्थे। तर, अनलाइन टिकटले सिर्जना गरेको असुविधाका कारण त्यो सम्भव भएन। त्यही कारण नौ बजेपछि मात्रै उनले ताजमहल हेर्न पाए। ‘पहिला पनि ताजमहल आईसकेको थिएँ। तर, अनलाइनबाट टिकट लिनुपर्ने भएका कारण अप्ठेरो भयो’ अनिल कुमार भन्छन्, ‘तैपनि हामीले आरामसँग ताजमहल हेर्न पायौं। किनकी पहिलाजस्तो भिडभाड थिएन।’

ताजमहल हेर्न दैनिक दश हजारभन्दा मानिस पुग्ने गरेका छन्। तर, कोरोना संक्रमणका कारण प्रशासनले पर्यटकको संख्या पाँच हजारमा सिमित गरेको छ। आगराका अतिरिक्त जिल्लाधिकारी पीके अवस्थीका अनुसार कोभिड-१९ को प्रोटोकललाई ध्यानमा राखेर ताजमहल तथा अन्य स्मारकहरु खुल्ला गरिएका छन्।

अवस्थीका अनसार कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै हरेक कुरामा पूर्ण ध्यान गरिएको छ। उनले भने, ‘टिकट अनलाइनबाट मात्रै दिइएको छ। एक दिनमा केवल पाँच हजार पर्यटकलाई फरक–फरक समयमा प्रवेश दिईएको छ, ताकि पर्यटकहरुको भिड नढोस्।’

भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १७ मार्चमा केन्द्र सरकारले भारतभर लकडाउनको घोषणा गरेको थियो। त्यसक्रममा आगरामा पनि सबै स्मारकहरुलाई बन्द गरिए। आगरामा १ सेप्टेम्बरमा केही अन्य स्मारकहरु पर्यटकका लागि खुल्ला गरिएपछि ताजमहल र आगरा किल्ला २१ सेप्टेम्बरमा खोलिए।

आगराका स्थानीय पत्रकार यतीश लवानियाका अनुसार ताजमहल र आगरा किल्ला नै यहाँका सबैभन्दा महत्वपूर्ण स्मारक हुन्। उनी भन्छन्, ‘यी दुई स्मारक बन्द रहँदा बाहिरबाट पर्यटकहरु अन्य स्मारक हेर्न आउँदैनन् भन्ने प्रशासनलाई थाहा थियो। र, यो कुरा पुष्टि पनि भयो।’

बाहिरबाट आउने पर्यटकहरुको आगमन यकिन भएको थिएन। तर, ताजमहल खोल्ने कुरा आउने वित्तिकै होटलमा बुकिङ्ग सुरु भयो। लवानियाका अनुसार सोमबार निकै कम मानिसको मात्रै आगमन भएको थियो। उनी भन्छन्, ‘अहिले जति पनि मानिसहरु आएका छन्, उनीहरु ताजमहल खुलेको पहिलो दिन नै यसको भ्रमण गर्न चाहन्थे।’ लवानियाका भनाइमा, अधिक गर्मीका कारण पर्यटकको संख्या बढ्ने आशा गरिएको छैन।

लकडाउन खुलेपछि पहिलो दिन ताजमहल हेर्न आएका पर्यटकहरुमा अधिक गर्मीमा वावजुद पनि उत्साह चाहिँ निकै थियो। दिउँसो करिब ३ बजे चर्को गर्मीमा आफ्नो साथीका साथ दिल्लीबाट आएकी शिवानी पनि तुरुन्तै डायना सिटमा बसेर तस्विर खिच्न पाएकोमा निकै मख्ख थिइन्।

डायना सिटमा बसेर तस्विर खिच्न पाउँदा उनी निकै खुसी देखिएकी उनले भनिन्, ‘हामी पहिला पनि कैयौं पटक यहाँ आएका छौ। तर, यो सिटमा बस्नका लागि एक घण्टासम्म कुर्नु पथ्र्यो। आज यो पुरै खाली छ।’ यही कारणले यसपटकको आफ्नो ताजमहल भ्रमण अर्थपूर्ण भएको उनी उनी बताउँछिन्।

ताजमहल अहिलेसम्म दुई पटकमात्रै लामो समयलाई बन्द गरिएको छ। पहिलो पटक सन् १९७१ म भारत–पाक युद्धको बेला र दोस्रो पटक सन् १९७८ मा यमुना नदीमा आएको भीषण बाढीको समयमा। भारत–पाक युद्धको बेला करिब दुई हप्तालाई ताजमहल बन्द गरिएको थियो।

-बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट