सहकारीमा सन्दर्भ व्याजदर लागू भइसक्यो, अब सेवाशुल्क निर्धारण हुन्छ : रजिस्टार पाण्डे-Sutra News

सहकारीमा सन्दर्भ व्याजदर लागू भइसक्यो, अब सेवाशुल्क निर्धारण हुन्छ : रजिस्टार पाण्डे

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

काठमाडौं- सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। 



सहकारी संस्थाहरुले सन्दर्भ ब्याजदर कार्यान्वयन नएको गुनासो गरेपछि उनले प्रमाण लिएर आए कारबाही गर्ने बताएका हुन्। ‘कार्यान्वय नभएको भन्नेहरुले प्रमाण लिएर आउनुस्,’ उनले भने। उनले तथ्य र प्रमाणको आधारमामात्रै बोल्न सबैलाई आग्रह गरे।

डा. पाण्डेले अबको दिनमा अनुगमनका लागि विभागले मेकानिज्म बनाएको र छिट्टै निर्देशिका बनाएर लागू गर्ने बताए। ‘यो ब्याजदर अब लागू भएरै छाड्छ। अनुगमनलाई रचनात्मक सहयोग गर्न आग्रह गर्छु,’ उनले भने।

सहकारी पत्रकार समाजले सहकारीको सन्दर्भ ब्याजदर विषयमा आयोजना गरेको अन्तक्रियामा बोल्दै डा. पाण्डेले यसअघि १६ प्रतिशत ब्याजदर कार्यान्वयन भएको र अहिलेको १४.७५ प्रतिशत ब्याजदर पनि कार्यान्वयन हुने बताए।

सन्दर्भ ब्याजदर निर्धारण गर्दा भावनामा बगेर नभइ अध्ययन गरेर ल्याएको उनको दाबी थियो। कार्यक्रममा उनले सहकारी संस्थाहरुले सेवाशुल्क बढी लिने गरेको गुनासो बढेको भन्दै अब केही समयमै विभागले सेवा शुल्कतोक्ने जानकारी दिए।

‘एकै पटक ब्याजदर र सेवा शुल्क विभागले कस्दैन,’ उनले भने ‘समय आएपछि सेवाशुल्क तोक्ने ऐनले नै अधिकार दिएको छ। त्यो अधिकार विभागले कार्यान्वयन गर्छ, त्यसको लागि केही सयम लाग्छ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट