काठमाडौंऔ- मंगलबार दोहोरो अंकले घटेको सेयर बजार बुधबार ९.३९ अंकले बढेर १५५५.५२ बिन्दुमा पुगेर रोकिएको छ। यता सेन्सेटिभ सूचक ०.९५ अंकले बढेर ३०८.३४ बिन्दुमा पुगेको छ।
नेप्सेका अनुसार आज बजारमा १९४ वटा कम्पनीको १ अर्ब ७२ करोड ७८ लाख २१ हजार रुपैयाँभन्दा माथिको कारोबार भएको छ। आज ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर किनबेच भएको छ।
कारोबार भएको १२ समूहमध्ये ११ वटा समूहको समूह सूचक उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जको अनुसार आज ४ वटा कम्पनी सेयर ९ प्रतिशत भन्दा माथि बढेको छ।