व्यवसायीद्वारा आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय-Sutra News

व्यवसायीद्वारा आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण गत चैत महिनादेखि बन्द फुटसल आजदेखि सञ्चालनमा आएको छ।



फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल संघले विज्ञप्ति जारी गर्दै व्यवसायी निकै मारमा परेका कारण आजदेखि फुटसल सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ। नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायातलगायत भीडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेल र गतिविधि गर्न अझै अनुमति नदिएकाप्रति संघको ध्यानाकर्षण भएको अध्यक्ष राज महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संघले जिल्ला प्रशासन कार्यालयसित सावधानी अपनाएर खेल सञ्चालन गर्नका लागि अनुमति मागेको थियो। फुटसल सञ्चालकले आर्थिक संकट बेहोर्नुपरेकाले कोरोनाबाट जोगिने गरी पुनः सञ्चालन गर्ने निर्णयमा संघ पुगेको अध्यक्ष महर्जनको भनाइ छ। संघले एक पटकमा १० जनालाई मात्र खेल्न अनुमति दिने निर्णय गरेको उनले बताए। विश्व स्वाथ्य संगठनको मापदण्डअनुसार फुटसल सञ्चालन गरिने संघले जनाएको छ। 
–––

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट