मेस्सी र सुवारेज मेरा असल साथी होइनन्: राकिटिच-Sutra News

मेस्सी र सुवारेज मेरा असल साथी होइनन्: राकिटिच

बुधबार, ७ असोज २०७७

बुधबार, ७ असोज २०७७

काठमाडौं- बार्सिलोनाका पूर्वखेलाडी इभान राकिटिचले पूर्वसहकर्मी लिओनल मेस्सी र लुइस स्वारेज आफ्नो नजिकका साथी नभएको बताएका छन्। अघिल्लो साता मात्रै बार्सिलोना छाडेर पूर्वक्लब सेभिल्ला गएपछि क्रोएसियन खेलाडीले एक अन्तर्वार्तामा यस्तो कुरा गरेको गोल डटकमले लेखेको छ।



राकिटिक सन् २०१४ मा सेभिल्लाबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। बार्सिलोनामा उनले ६ सिजन बिताए। ६ सिजन उनले बार्सिलोनामा प्रमुख खेलाडीका रूपमा बिताए। सो दौरान उनी कप्तान मेस्सी र स्वारेजसँग सहकर्मी बनेर खेले। सँगै मिलेर थुप्रै उपाधि जिते। सँगै च्याम्पियन्स लिग र ला लिगा पनि जिते।

तर, राकिटिचले बार्सिलोनामा रहँदा मेस्सी र स्वारेजसँग आफ्नो भावनात्मक रूपमा नजिकको सम्बन्ध बन्न नसकेको बताएका छन्। ‘म आफ्ना तर्फबाट भन्दै छु। मेस्सी र स्वारेजसँग मेरो सम्बन्ध कहिल्यै पनि नजिकको बनेनन्। अवश्य पनि, २३/२४ जनाको समूहमा यो कठिन हुन्छ,’ राकिटिकले भनेका छन्।

राकिटिचले बार्सिलोनामा आफ्नो सबैभन्दा नजिकको सहकर्मी पूर्वकप्तान आन्द्रेस इनिएस्टा र गोलकिपर मार्क आन्द्रे टर स्टेगेन रहेको बताए । ‘मेरा सबैभन्दा नकिजका साथीहरू आन्द्रेस इनिएस्टा, टर स्टेगेन, बोटेङ (केभिन प्रिन्स बोेटेङ) थिए। अन्तिम सिजन जुनियर फिर्पो मेरा नजिकका साथी थिए,’ उनले थपे।

राकिटिचले मेस्सी र स्वारेजप्रति सधैं सम्मान रहेको बताए। ‘तर, मेस्सी र स्वारेजलाई म सधैं सम्मान गर्छु। उनीहरू ६ वर्षसम्म मेरा सहकर्मी थिए। र, अति महत्त्वपूर्ण खेलाडी। उनीहरूबाट पनि मैले सधैं सम्मानजनक व्यवहार पाएँ,’ राकिटिचले भने। केही दिन पहिला मात्रै राकिटिकले राष्ट्रीय टिममबाट सन्याश घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट