काठमाडौं- कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको २५ लाख रुपैयाँको स्वास्थ्य बीमा गरिने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिन सहमति दिएको हो । १ साउनदेखि लागू हुनेगरी सो बीमा गरिएको उनको भनाइ छ।