google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
‘कोभिड १९’ बाट विश्वमा ३ करोड १८ लाख संक्रमित-Sutra News

‘कोभिड १९’ बाट विश्वमा ३ करोड १८ लाख संक्रमित

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

वासिङ्टन- विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १८ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १८ लाख २४ हजार ९०८ पुगेको जनााइएको छ।



चीनको वुहानमा गत वर्ष पहिलोपटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ७६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ।

यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित २ करोड ३४ लाख २७ हजार ९१८ व्यक्ति कोरोना मुक्त भएका छन्। अझै पनि विश्वमा ७४ लाख २० हजार ८३५ जना कोरोना भाइरस संक्रमित रहेका छन्।

कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ। हालसम्म अमेरिकामा ७० लाख ९८ हजार २९१ भन्दा बढी संक्रमित भएका छन् भने २ लाख ५ हजार ४९१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ। दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ। भारतमा कोरोनाभाइरस संक्रमित को संख्या ५६ लाख ५० हजार नाघेको छ।

ब्राजिलमा १ लाख ३८ हजार १५९ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ९० हजार ७७ जनाको मृत्यु भएको छ।

रुस ११ लाख २२ हजार २४१ संक्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको कोलम्बियामा ७ लाख ७७ हजार ५३७ जनामा संक्रमण रेहेको छ। छैठौं  स्थानमा रहेको पेरुमा ७ लाख ७६ हजार ५४६ व्यक्ति सङ्क्रमित भएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ।

केही केही दिन अगाडी मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो देशमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका थिए।

‘अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने हुनसक्छ’ प्रधानमन्त्री जोन्सनले भनेका छन्।

यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने बताएका थिए।

उनीहरुले यहाँ दोस्रो पटक भाइरसको वेभ आउन सक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट