कोरोना संक्रमित ३९ वर्षीय युवाको मृत्यु-Sutra News

कोरोना संक्रमित ३९ वर्षीय युवाको मृत्यु

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

चितवन- चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमणका कारण एक युवाको मृत्यु भएको छ। तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ।



अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२:५५ बजे मृत्यु भएको हो। डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो। कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो।

उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट