पहिरोमा पुरिएर स्याङ्जामा एकै परिवारका ९ जनाले गुमाए ज्यान-Sutra News

पहिरोमा पुरिएर स्याङ्जामा एकै परिवारका ९ जनाले गुमाए ज्यान

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

वालिङ- पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा एकै परिवारका ९ जनाले ज्यान गुमाएका छन्। 



आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका ९ जनाको  शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।

प्रवक्ता अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन्। 

१० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जिवितै उद्धार गरिएको स्याङ्जाका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाइएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्धार कार्यलाई जारी राखेका छन्। माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट