

काठमाडौं- बिहीबार सुनचाँदीको भाउ पुनः घटेको छ। बुधबारको तुलनामा बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँ कायम भएको छ।
बुधबार यसको भाउ ९४हजार तिन सय रुपैयाँ थियो। यता तेजावी सुनको भाउ पनि प्रतितोला एक हजार दुई सय रुपैयाँले नै घटेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बुधबार यसको भाउ ९३ हजार आठ सय रुपैयाँ थियो। यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ७० रुपैयाँले घटेर एक हजार एक सय २० रुपैयाँ कायम भएको छ।
बिहीबार यसको भाउ एक हजार एक सय ९० रुपैयाँ थियो।