राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब तान्ने-Sutra News

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब तान्ने

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिँदै गएपछि ३० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप उपकरणमार्फत ३० अर्ब रुपैयाँ अधिक तरलता खिच्न लागेको हो।



निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिनेछ। यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्था मात्र सहभागी हुन पाउने छन्।

यो बोलकबोलमा इच्छुक बैंक तथा वित्तीय संस्थाले असोज ८ गते दिउँसो ३ बजेसम्म ‘अनलाइन बिडिङ’मार्फत आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी कात्तिक ६ गते हुनेछ । बोलकबोलमा निक्षेप बापत जम्मा गर्न चाहेको रकम र ब्याजदर दशमलब पछिको हकमा ४ अंकसम्म उल्लेख गर्नुपर्नेछ ।

रकम बाँडफाँट गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

समान ब्याजदर उल्लेख भएका बोलकबोल रकम समावेश गर्दा कूल निस्कासित रकम भन्दा बढी भएमा ‘प्रो रेट वेसिस’मा बाँडफाँट गरिनेछ । खुला बजार कारोबार सञ्चालन समितिले ‘कट अफ रेट’ निर्धारण गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट