काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण-Sutra News

काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना संक्रमण

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना गरी जम्मा ७ सय ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ४ सय ५७ जना कोरोनामुक्त भएका छन्। हालसम्म ५० हजार ४ सय ११ जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसंगै कूल मृत्यु संख्या ४ सय ५३ पुगेको छ।

हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट