काठमाडौं- ११औं दिनदेखि अनसरत डा. गोविन्द केसीको समर्थनमा बिहीबार सांझ माइतीघरमा प्रदर्शन भएको छ।
साँझ ५ बजे डा. केसीको समर्थन गर्दै प्रदर्शन सुरु भएको थियो। प्रदर्शनकारीहरुले ‘डा. केसी एक्लो छैनन्, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए।
प्रदर्शन सुरु भएको केही समयपछि डा. केसीका समर्थकहरु अगाडि बढ्न खोज्दा प्रहरीले रोकेको थियो। प्रहरीले प्रदर्शनकारीहरुलाई निषेधित क्षेत्र भएको भन्दै अगाडि बढ्न दिएको थिएन।
केही समय दुई पक्षबिच ठेलाठेल समेत भयो। प्रहरीको अवरोधले तनाव उत्पन्न भएपछि प्रदशर्नकारीहरूले प्रदर्शन स्थगित गरे ।
प्रदर्शन भोलि पनि जारी राख्ने उनीहरूले बताएका छन्।