

काठमाडौं- राष्ट्रियस्तरमा स्तरोन्नति हुन नसकेका लघुवित्तले अब एउटा प्रदेशमा मात्र शाखा खोल्न पाउने भएका छन्।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्रियस्तरमा स्तरोन्नति नभई १ भन्दा बढी प्रदेशमा शाखा सञ्चालनमा ल्याएका कम्पनीहरुलाई शाखा बन्द गर्न निर्देशन दिएको हो।
अब १ भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरिरहेका संस्थाहरुले २०७८ असार मसान्तभित्रमा शाखा बन्द गर्नुपर्ने भएको छ।
निर्देशनमा भनिएको छ, ‘प्रादेशिकस्तरको संस्थाले आफ्नो कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरणको प्रक्रिया पूरा नगरेसम्म आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्लामा नयाँ शाखा विस्तार गर्न पाउने छैन।’