पर्यटन प्रवर्द्धनमा यती र बुद्ध एयरलाइन्सको प्रतिस्पर्धा, दुवैले ल्याए नयाँ प्याकेज-Sutra News

पर्यटन प्रवर्द्धनमा यती र बुद्ध एयरलाइन्सको प्रतिस्पर्धा, दुवैले ल्याए नयाँ प्याकेज

बिहिबार, ८ असोज २०७७

बिहिबार, ८ असोज २०७७

काठमाडौं– कोरोना महामारीका कारण लामो समय बन्द भएको आन्तिरक उडान असोज ५ गतेबाट सुचारु भयो। उडान सुरु भएसँगै एयरलाइन्स कम्पनीहरूले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि सस्तो दरमा प्याकेजहरुको घोषणा गरेका छन्।



ती मध्ये यती र बुद्ध एयरलाइन्सले पनि सस्तो दरमा प्याकेजको घोषणा गरेका छन्। गत शुक्रबार यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि देशका महत्वपूर्ण पर्यटकीय गन्तव्यमा सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्यो‍।

कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा सरकारले घोषणा गरेको ‘देश दर्शन’ कार्यक्रमलाई समेत मध्येनजर गर्दै आन्तरिक पर्यटनका लागि प्याकेज बनाएको थियो।

कोभिडले ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाइ आर्थिक गतिविधि बढाउन प्याकेज ल्याइएको कम्पनीले उल्लेख गरेको छ। यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले गत शुक्रबार भएको पत्रकार सम्मेलनमा नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले आकर्षक प्याकेज ल्याएको बताए।

buddha-air.jpg

उनले लामो प्रतिबन्धपछि खुला भएको हवाई तथा पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्ने विश्वास व्यक्त गरे। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै पर्यटन उद्योगलाई पुनःस्थापित गर्न ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नाराका साथ कम्पनीले होटल, ट्राभल्स, ट्रेकिङ्ग लगायत कम्पनीसँगको सहकार्यमा प्याकेज बनाइएको जनाएको छ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाले अब एयरलाइन्सले यात्रुलाई गन्तव्यसम्म जोड्ने मात्र नभई घुमाउने सन्देश आम यात्रुवर्गलाई दिन भ्रमण प्याकेज बनाइएको बताए। आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधि सूचारु गर्ने लक्ष्यसहित अक्टोवर २०२० बाट लागू हुनेगरी प्याकेज बिक्री थालिएको छ।

अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ। कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागि समेत दुईतर्फी टिकटसहितका प्याकेज बनाएको छ। यी गन्तव्यमा होटेलको स्तरअनुसार मूल्य राखिएको छ।
यस्ता छन् यतीका पर्यटकीय प्याकेज :

Yeti-air.gif

एभरेष्ट ट्रेलः रु १३ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँचदिन, न्यूनतम १० यात्रु आवश्यक), राराः रु २४ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीनदिन, न्यूनतमपाँचयात्रु आवश्यक), पोखराः रु पाँचहजार ९९९ र सातहजार प्रतिव्यक्ति (दुई रात, तीनदिन), चितवनः रु १२ हजार ९९९ र रु १६ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीनदिन), मुक्तिनाथदर्शनः रु १२ हजार ९९९ प्रतिव्यक्ति (तीन रात, चार दिन, न्यूनतम छयात्रु आवश्यक), मुक्तिनाथदर्शनः रु १६ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँचदिन, न्यूनतम सातयात्रु आवश्यक), अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुकः रु ११ हजार ९९९प्रतिव्यक्ति (पाँच रात, छ दिन, न्यूनतम छ यात्रु आवश्यक) र अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेलः रु १९ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँचदिन, न्यूनतम आठ यात्रु आवश्यक) रहेको छ।

यता बुद्ध एयरलाइन्सले यती एयरलाइन्स भन्दाअघि प्याकेज घोषणा गरेको थियो। बुद्ध एयरलाइन्सले भने चितवन र पोखरा जाने पर्यटकको लागि प्याकेज ल्याएको थियो। बुद्धले असोज एक गतेबाट नै योजना लागू गरेको बुद्ध एयरलाइन्सका बजार प्रबन्धक रुपेश जोशीले बताए।

कम्पनीले दुई रात तिन दिनको लागि पाँच हजार ९ सय ९९ रुपैयाँमा पोखरा आउने–जाने टिकट खर्च, होटलमा कोठाको चार्ज, बिहानको खाजा र पोखरा एयरपोर्टसम्मको आवतजावत खर्च पनि व्यहोर्ने जोशीले जानकारी दिए।

कम्पनीका लागि चितवनको समेत ७ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको छ। यो प्याकेजमा दुईतर्फी हवाई टिकट, तिनतारे होटलको बसाइ, बिहानको खाना र सौराहासम्म आवाजावतको व्यवस्था रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट