अस्ट्रेलियाका पूर्वक्रिकेटर डिन जोन्सको निधन-Sutra News

अस्ट्रेलियाका पूर्वक्रिकेटर डिन जोन्सको निधन

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

 काठमाडौं- अस्ट्रेलियाका पूर्वक्रिकेटर डिन जोन्सको ५९ वर्षको उमेरमा निधन भएको छ।



भारतको मुम्बईस्थित एक होटलमा रहेका उनको हृदयाघातबाट बिहीबार निधन भएको हो। उनी भारतीय प्रिमियर लिग (आईपीएल)को कमेन्ट्री टोलीको सदस्यका रुपमा भारत आएका थिए ।

डिन जोन्सले दक्षिण एसियाको क्रिकेटमा सुधारको लागि महत्वपूर्ण सहयोग पुर्‍याएका थिए। स्टार इन्डियाले उनको मृत्यु पुष्टि गर्दै उनको मृत्युमा गहिरो शोक व्यक्त गरेको छ।

जोन्सले सन् १९८४ देखि १९९४ को अवधिमा अस्ट्रेलियाको लागि ५२ टेस्ट खेलमा सहभागिता जनाएका थिए भने १६४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट