अफगानिस्तानमा १३ आतंकवादी मारिए-Sutra News

अफगानिस्तानमा १३ आतंकवादी मारिए

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काबुल- अफगानिस्तानमा थप १३ आतंकवादी मारिएका छन्। सरकारी सुरक्षाकर्मीहरुको आक्रमणमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन्।



देशको पूर्वी लोगार प्रान्तअन्तर्गत पर्ने खर्वार जिल्लामा सरकारी सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही चलाएपछि घटना भएको हो।

प्रान्तीय प्रहरी प्रवक्ता शाह्पोर अहमाडजैले बिहीबार दिएको जानकारीअनुसार झण्डै दुई हप्ता अगाडि तालिबान लडाकूहरुले आक्रमण गरेकाले सरकारी पक्षले अहिले सुरक्षा कारबाही चलाएको थियो।

सुरक्षा कारबाही चलाउनका लागि सैनिक र प्रहरीको टोली बुधबार परिचालन गरिएको पनि उनले जानकारी दिए। त्यही सुरक्षा कारबाहीका क्रममा १३ जनाको मृत्यु भएको पनि उनले स्पष्ट पारे।

अफ्गानी सुरक्षा अधिकारीहरुले सुरक्षा कारबाहीका क्रममा आफ्नो तर्फ भने कुनै क्षति नभएको दाबी गरेका छन्। त्यस क्षेत्रमा सुरक्षा कारबाही अझै पनि जारी रहेको पनि उनीहरुले जनाएका छन्।

घटनाका बारेमा तालिबान विद्रोहीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त नभएको समाचारमा जनाइएको छ। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट