लुइस स्वारेज एट्लेटिकोमा अनुबन्धित-Sutra News

लुइस स्वारेज एट्लेटिकोमा अनुबन्धित

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं- उरुग्वेली फरवार्ड लुइस स्वारेजले स्पानिस क्लब बार्सिलोनाबाट प्रतिस्पर्धी क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन्। बार्सिलोनार एट्लेटिको दुबै क्लबले सुआराजले ट्रान्सफरबारे सहमति भएको विज्ञप्तीमार्फत जनाएको छ।



बार्सिलोनाले स्वारेजलाई बिहीबार बिदाई गर्ने जनाएको छ। एट्लेटिकोले स्वारेजलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको तर स्वारेजका लागि एट्लेटिकोले विभिन्न तरिकाले ६ मिलियन युरो तिर्ने स्पानिस अनलाइन मार्काले जनाएको छ।

क्याम्प नोउ क्लबमा अझै एक वर्ष सम्झौता बाँकी रहेपनि स्वारेज र बार्सिलोनाले सम्झौता रद्द गर्ने सहमति गरेका हुन्। मार्काका अनुसार स्वारेजले एट्लेटिकोमा दुई वर्षको सम्झौता गर्नेछन्।

स्वारेजले एट्लेटिकोमा कर कटाएर प्रत्येक वर्ष ९ मिलियन युरो कमाउनेछन्।

बार्सिलोना छाडेर स्वारेज युभेन्ट्स जाने चर्चा भएपनि युभेन्ट्सले एट्लेटिको मड्रिडका अल्भारो मोरोटालाई लोनमा अनुबन्ध गरेपछि स्वारेज एट्लेटिको जाने बाटो खुलेको थियो।

क्याटलान क्लब बार्सिलोनाका लागि तेस्रो सर्वाधिक गोलकर्ता रहेका स्वारेजले बार्सिलोनामा ६ वर्ष बिताउदा १३ ट्रफी जिते। स्वारेजले बार्सिलोनाका लागि २८३ खेलमा १९८ गोल गरेका छन्। उनी लिओनल मेसी र सेजारभन्दा मात्र पछि छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट