क्यानाडामा कोभिड-१९ संक्रमण दोस्रो चरणमा: प्रधानमन्त्री-Sutra News

क्यानाडामा कोभिड-१९ संक्रमण दोस्रो चरणमा: प्रधानमन्त्री

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

न्युयोर्क- क्यानाडामा कोभिड-१९ को संक्रमणको दोस्रो चरण सुरु भएको बताइएको छ। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका हुन्।



उनले बुधबार क्यानाडामा पनि कोभिड-१९ को संक्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिएका हुन्। उनले बुधबार राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भने, ‘क्यानाडामा पनि यस संक्रमणको महामारी दोस्रो चरणमा प्रवेश गरेको छ।’

उनले दोस्रो चरण अर्थात् ‘सेकेन्ड वेब’ सुरु भइसकेको र अब देशमा यसको असर देखिनसक्ने भन्दै यसका लागि आवश्यक सतर्कता अपनाउन सबै देशबासीलाई आग्रह पनि गरे।

क्यानाडामा हाल १ लाख ४७ हजारभन्दा बढी नागरिकमा यो संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट