‘कोभिड–१९’ को भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि सुनको भाउ घट्यो: अध्यक्ष लकान्द्री-Sutra News

‘कोभिड–१९’ को भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि सुनको भाउ घट्यो: अध्यक्ष लकान्द्री

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं– विभिन्न देशले ‘कोभिड–१९’ को भ्याक्सिन पत्ता लगाएको दाबी गरेसँगै यसको सीधा प्रभाव सुनचाँदी व्यवसायमा परेको नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष गणेशप्रसाद लकान्द्रीले बताएका छन्।



केही दिनदेखि सुनचाँदीको भाउमा निरन्तर ओरालो लागेको छ। सुनचाँदीको भाउमा उतारचढाव आउनु सामान्य प्रक्रिया रहेपनि अनपेक्षितरूपमा भाउ बढ्दा उपभोक्ताले सुनचाँदी खरिद गर्न नसकेको अध्यक्ष लकान्द्री बताउँछन्।

शुक्रबार सूत्रन्युजसँग कुरा गर्दै उनले भने, ‘सुनको मूल्य घट्नु र बढ्नु सामान्य प्रक्रिया हो। यतिखेर विभिन्न देशले कोभिड–१९ को भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि त्यसको प्रभाव सुनचाँदी व्यवसायमा परेको छ। सुनको मूल्य घटेको छ। अनपेक्षितरूपमा सुनको मूल्य बढ्दा उपभोक्ता आत्तिएका थिए।’

कोरोना महामारीका कारण अस्तव्यस्त बनेको विश्वको अर्थतन्त्रका लागि एक भरपर्दो माध्यम सुन भएको बताउँदै अध्यक्ष लकान्द्रीले बताए।

सुनको भाउ डेढ लाखसम्म पुग्ने अनुमान गरिएकोमा निरन्तर बढेर प्रतितोला १ लाख माथि पुगेको थियो। १ लाख ३ हजार ५ सयसम्म पुगेको सुनको भाउ यतिखेर ओरालो लाग्नुले व्यवसायीको मनोबल उच्च हुनु तथा डलर मजबुत हुनु मुख्य कारण रहेको अध्यक्ष लकान्द्रीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट