आज सुन प्रतितोला ९३ हजार नौ सयमा कारोवार-Sutra News

आज सुन प्रतितोला ९३ हजार नौ सयमा कारोवार

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं- शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबारको तुलनामा शुक्रबार छापावाला सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेर ९३ हजार नौ सय रुपैयाँ कायम भएको छ।



बिहीबार यसको भाउ ९३ हजार एक सय रुपैयाँ थियो। यता तेजावी सुनको भाउ पनि प्रतितोला आठ सय रुपैयाँले नै बढेर ९३ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार यसको भाउ ९२ हजार ६ सय रुपैयाँ थियो।

यस्तै शुत्रबार चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेर एक हजार एक सय ६० रुपैयाँ कायम भएको छ। बिहीबार यसको भाउ एक हजार एक सय २० रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट