काठमाडौं- सरकारले विशेषगरि महिलामाथि तेजाब छ्याप्नेविरुद्ध कडा कानूनी व्यवस्था गरेको छ। सरकारले अध्यादेशमार्फत् अधिकतमभन्दा अधिकतम कैद सजाय र जरिबानासहितको ऐन ल्याउन लागेको हो।
बिहीबार बसेको मन्त्रिपरिषद् त्यसम्बन्धी अध्यादेश पारित गर्दै मन्त्रीहरुलाई आफ्नो राय-सुझाव दिन शुक्रबार मध्याह्न १२ बजेसम्मको समय उलब्ध गराएको छ। संसद् चलेकाले सरकारले अध्यादेशमार्फत् ऐन संसोधन गर्न लागेको हो।
‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश’ मा तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अङ्गभङ्ग तुल्याउन र शारीरिक क्षति पुर्याएमा २० वर्षसम्म कैद सजाय र दशलाख रुपैयाँसम्म जरिवाना निर्धारण गरिएको छ।
सूत्रन्यूजलाई प्राप्त अध्यादेशको पूर्णपाठ अनुसार तेजाव छ्याप्नेविरुद्ध हदैसम्मको सजया दिन फौजदारी अपराध संहितासमेत संसोधन गरेको छ।
संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजावजस्ता घातक रसायन छ्यापी दुवै आँखा जले, दृष्टि, दुवै कान जली क्षति भई सुन्ने शक्ति नष्ट भएमा कानको जाली क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्णरूपमा जलेमा, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जले, क्षति भए बीस वर्ष कैद र दशलाख जरिवाना निर्धारण गरिएको छ।
त्यस्तै यस्ता अपराध गर्नेलाई सजाय एकदिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जेल बस्नुपर्ने व्यवस्था अध्यादेशमा गरिएको छ।
कसैको एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कुरुपय भए, एउटा स्तन जले दुवै हात जली काम नलाग्ने भएमा, गोडा पूर्णरूपमा जलेर काम नलाग्ने भएमा, टाउकाको कुनै भाग, मेरुदण्ड जलेमा सादेखि दसवर्ष कैद सात लाखदेखि दश लाखसम्म जरिवाना निर्धारण गरिएको छ।
तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा क्षति भएमा कसुरको प्रकृतिअनुसार पाँचदेखि दश वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरिवाना हुने व्यवस्था गरिएको छ। यसअघिको ऐनमा यस सम्बनन्धी तुलनात्म रुपमा नरम व्यवस्था थियो।
यस्तो छ, अध्यादेशको पूर्णपाठ