ओली-प्रचण्ड दोस्रो दिन पनि मन्त्रिपरिषद् हेरफेर सम्बन्धी छलफलमा-Sutra News

ओली-प्रचण्ड दोस्रो दिन पनि मन्त्रिपरिषद् हेरफेर सम्बन्धी छलफलमा

शुक्रबार, ९ असोज २०७७

शुक्रबार, ९ असोज २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेरसम्बन्धी छलफलका लागि दोस्रो दिन पनि जुटेका छन्।



प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबार बिहान १० बजेदेखि बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी छ। यही विषयमा केन्द्रित भएर ओली र प्रचण्डबीच बिहीबार पनि करिब तीन घण्टा छलफल चलेको थियो।

६ असोजमा सकिएको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेर र संवैधानिक निकायमा पदपूर्ति गर्ने मुख्य जिम्मेवारी प्रधामन्त्री ओलीलाई दिएको थियो।

त्यसअघि ५ असोजमा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद् हेरफेरलाई औपचारिक एजेन्डा बनाउँदै त्यसका लागि तीन मापदण्ड निर्धारण गरेको थियो।

ती मापदण्डमा अलि ठूलो मात्रामा मन्त्रिपरिषद् पुनर्गठन गर्ने, नयाँ पुराना सबैलाई समेटेर पुनर्गठन गर्ने र पुनर्गठन गर्दा क्षेत्रीय, जातीय, सामाजिक र लैंगिक सन्तुलनलाई मिलाएर गर्ने थिए।

तीनै मापदण्डामा केन्द्रित भएर दुई दिनदेखि ओली र प्रचण्डबीच छलफल जारी छ। तर, दुई नेताबीच यस विषयलाई लिएर सामान्य मतभेद पनि छ।

ओली राम्रो ‘पर्फमेन्स’ नभएका केही मन्त्रीहरुलाई हटाएर तीनको ठाउँमा नयाँ मन्त्री बनाउने र रिक्त मन्त्रालयमा मन्त्री थपेर मन्त्रिमण्डललाई पूर्णता दिने योजनामा छन्। तर, प्रचण्ड भने मन्त्रिमण्डलको पूरै सेट परिवर्तन गर्ने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट